मधेस प्रदेश

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्रीमा जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन्।

मधेशका प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार मुख्यमन्त्रीमा सोनललाई नियुक्त गरेकी हुन्।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरेकी हुन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेर दाबी पेस गरेकोमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा सोनललाई नियुक्त गरेको मधेश प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताए।

सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उनमुक्ति पार्टी सहित ६ राजनीतिक दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button