स्थानीय

सशस्त्र प्रहरी बलले चरेससहित एक भारतीय नागरिकलाई पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज १३ असाेज। सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणको चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणको टोलीले विशेष सूचनाको आधारमा पर्साबाट भारततर्फ चरेस लुकाएर लैजाने क्रममा भारतको बिहार राज्य पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोल निवासी ३१ वर्षीय गुलाम मोहमदलाई नियन्त्रणमा लिइएको छ ।सशस्त्र प्रहरी प्रमुख पुरन चन्द भट्टका अनुसार, पक्राउ परेका मोहमदको साथबाट ९ किलो ५ सय २२ ग्राम चरेस बरामद गरिएको छ।

उनी सवार मोटरसाइकल बीआर २२ जे ३५५० मा फल्स बटम बनाई चरेस लुकाइएको अवस्थामा छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारीस्थित भिष्वा – जानकी टोला सडक खण्डमा चेकजाँचका क्रममा पक्राउ परेका हुन।

मोहमदको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद चरेस, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीकालागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button