राष्ट्रिय

पर्साबाट ‘ZEN Z” समूह’द्वारा सरकारलाई ध्यानाकर्षण पत्र

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डौ । देशका विभिन्न भागमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न पर्सास्थित ‘Zen Z ” समूह’ले आज सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

पत्रमा हालै देशभर फैलिएको आन्दोलनको ऐतिहासिक र भौगोलिक दृष्टिले पर्सा (वीरगञ्ज)लाई सदैव महत्वपूर्ण केन्द्रका रूपमा रहेको उल्लेख गर्दै, आन्दोलनकारीहरूले सरकारसमक्ष केही प्रमुख मागहरू अघि सारेका छन्।

समूहले आन्दोलनकारीहरूलाई डर, धाकधम्की, झुटा मुद्दा र अनावश्यक दमन नगर्न आग्रह गरेको छ। साथै, आन्दोलनका क्रममा भएका हत्या–हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको छ। आन्दोलनकारीमाथि झुटा मुद्दा लगाउने कार्य तुरुन्त बन्द गर्न चेतावनी पनि दिइएको छ।

ध्यानाकर्षण पत्रमा राखिएका प्रमुख मागहरू यसप्रकार छन् :
१. आन्दोलनकारीमाथि डर, धाकधम्की र झुटा मुद्दा लगाउने कार्य रोक्नुपर्ने।
२. तत्काल निष्पक्ष र स्वतन्त्र राष्ट्रप्रमुख नियुक्त गर्नुपर्ने।
३. राजनीतिक नियुक्ति खारेज गरी योग्य तथा विज्ञ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने।
४. दलाल तथा पेशागत संगठन खारेज गर्नुपर्ने।
५. अतिक्रमण र दुरुपयोगबारे छानबिन गर्न नागरिक आयोग गठन गर्नुपर्ने।
६. निर्वाचन प्रणाली पूर्ण रूपमा समानुपातिक हुनुपर्ने।

पत्रमा यी मागहरू तत्काल सम्बोधन नगरे आन्दोलन अझ तीव्र हुने चेतावनी दिइएको छ।

ध्यानाकर्षण पत्र बुझाउनेमध्येमा सुधिर पटेल, बिरेन्द्र कान्त, महादेव कुर्मी, वसिम सेख, सञ्जय श्रेष्ठलगायत रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button