राष्ट्रिय

जेनजी प्रदर्शनको घटना छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषदको निर्णय

Ad 1
Ad 2
Ad 3
Ad 4

सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। ‘तर संरचनाबारे टुंगो लाग्न भने बाँकी छ,’ उनले भने।

यस्तै, सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। बैठकले भदौ २३/२४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। बैठकले मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय समेत गरेको छ।
असोज १ गते शोक दिवस मनाउने बैठकले निर्णय गरेको छ।

मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने बैठकले निर्णय गरेको छ। अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालयले र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उक्त राहत वितरण गरिने उनले जनाए। यस्तै, घाइतेहरूको पनि नि:शुल्क उपचार गर्ने निर्णय भएको उनले बताए।

अन्तरिम सरकार गठन भएपछि प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिमण्डल आज विस्तार गरेकी थिइन्। मन्त्रिमण्डल विस्तार गरेसँगै सोमबार पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button