राष्ट्रिय

सामाजिक सन्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बुझायो ज्ञापन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक संजाल बन्द गर्ने सरकारि निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

आज राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तको नेतृत्वमा गएको एक टोलिले पर्साका प्रमुख जिल्ला अधिकारि तोया नारायण सुवेदी मार्फत समाजिक संजाल बन्दको बिरोधमा ज्ञापनपत्र बुझाएर प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको हो ।

प्रमुख जिल्ला अधिकारि सुवेदीले ज्ञापनपत्र बुझ्दै आफुले रास्वपा पर्सा द्वारा बुझाइएको ज्ञापनको बिषयमा आजनै प्रधानमन्त्रीको कार्यालयलाई जानकारी गराउने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक संजाल बन्द गर्ने सरकारको नीतिलाई गम्भीररूपमा लिएको र यसले आमजनताको सूचनाको मौलिक अधिकारको समेत उलंघन गरेको रास्वपा पर्साका सभापति हरि पन्तले बताए ।

सभापति पन्तले सामाजिक संजालहरुको नियमन तथा ब्यबस्थापनका अन्य उपायहरु अबलम्बन नै नगरी सिधै सामाजिक संजालहरु निरंकुश शैलिमा बन्द गर्ने सरकारको निर्णयले ब्यबसायी ,विद्यार्थी देखि लिएर सम्पुर्ण नेपालीहरुको नागरिक अधिकार कुन्ठित भएको भएको बताए ।

ज्ञापन पत्र बुझाउने टोलिमा रास्वपा पर्साका सचिव सुदिस प्रजापति , सहसचिब कृष्ण पास्वान , क्षेत्रीय सभापतिहरु राम आर्या , फैयाज मिया नगरसभापतीहरु माधब बस्नेत र चन्दन गुप्तालगायतको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button