मधेस प्रदेशस्थानीय

सूचना नपाएपछि धोविनी गाउँपालिका कार्यालयमा स्थानीयद्वारा तालाबन्दी

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । सूचना अधिकारमार्फत माग गरिएको विकास खर्च विवरण उपलब्ध नगराएको भन्दै पर्साको धोविनी गाउँपालिका कार्यालयमा स्थानीयले सोमबार दिउँसो तालाबन्दी गरेका छन्।

स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले गत आर्थिक वर्षमा विकास निर्माणमा खर्च भएको रकमको प्रमाणित विवरण माग गरेका थिए। तर माग गरिएको सम्पूर्ण विवरण नपाएपछि दिउँसो साढे ११ बजेदेखि गाउँपालिकाको मुख्य गेटमा तालाबन्दी गरिएको उनीहरूको भनाइ छ। तालाबन्दीमका कारण जनप्रतिनिधि र कर्मचारीहरु कार्यालय भित्रै छन । उनीहरुलाई बाहिर निस्कन दिइएको छैन ।

तालाबन्दीपछि गाउँपालिका अध्यक्ष मदन चौहान, पाँचवटै वडाका वडाध्यक्ष उनका समर्थक तथा कार्यालयका कर्मचारीहरू कार्यालयभित्रै रोकिएका छन्। अध्यक्ष चौहानले भने माग गरिएको सूचना उपलब्ध गराइएको दाबी गर्दै राजनीतिक पूर्वाग्रहका कारण आफूलाई लक्षित गरेर तालाबन्दी गरिएको टिप्पणी गरेका छन।

उनले माग गरिएको सूचनामा केही कमी भए छलफलमार्फत समाधान गर्न प्रदर्शनकारीलाई बोलाउँदा पनि वार्तामा नआइ बाहिर प्रदर्शन गरेको बताए । प्रर्दशनकारीहरु पालिकाको प्रवेशद्वार बाहिर छन भने जनप्रतिनिधि र कर्मचारी कार्यालय भित्र रहेका छन ।

स्थिति तनावपूर्ण भएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले गाउँपालिका कार्यालय वरिपरि बाक्लो सुरक्षा व्यवस्था गरिएको र कार्यालयभित्र अध्यक्षसहितका कर्मचारी सुरक्षित रहेको जनाइएको छ।

स्थानीयले गत आर्थिक वर्षका विकास निर्माणमा व्यापक अनियमितता भएको आरोप लगाउँदै विरोध प्रदर्शन निरन्तर जारी राखेका छन्। उनीहरुले प्रमाणीत बिल भौचर समेत माँग गरेको सूचना अधिकारी बृजकिशोर त्रिपाठीले जानकारी दिएका छन । उनीहरुले १८ बंूदे सूचना माँग गरेको केही सूचनाहरु उपलब्ध गराइएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button