मधेस प्रदेशसमाचारसमाजस्थानीय

कलैया–वीरगन्ज सडकखण्डमा सवारी दुर्घटना, एकजनाको मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

कलैया । बाराको कलैया उपमहानगरपालिका–२३ सिसहनिया चौकमा सोमबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

कलैया बाट वीरगन्जतर्फ जाँदै गरेको बा ५९ प ४०५३ नम्बरको मोटरसाइकल र वीरगन्जबाट कलैया आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमो आपसमा ठोक्किँदा मोटरसाइकल चालक उपेन्द्र राउत कुर्मीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक कुर्मी कलैया उपमहानगरपालिका–२३ बैराटपुरका स्थानीय निवासी हुन् ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका छन् । उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र सडक दुर्घटना नियन्त्रणमा तत्काल कदम चाल्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । यसबीच, घटनास्थलमा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button