मधेस प्रदेशस्वास्थ्य

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगञ्ज ।
नेपालका युवा समाजसेवी तथा स्वास्थ्य अभियन्ता एम. डी. उमर देवानलाई “अन्तर्राष्ट्रिय आइकन अवार्ड “२०२५ नेपाल” बाट सम्मानित गरिएको छ। पूर्व जल आपूर्ति मन्त्री मोहम्मद अब्दुल सलाम खानले प्रदान गरेको यो अवार्ड समाजसेवा र सामुदायिक योगदानका लागि प्रदान गरिएको हो।

अवार्ड ग्रहणपछि एम.डी.उमर देवानले आफ्नो मनको कृतज्ञता व्यक्त गर्दै भने:आज मेरो मुटु कृतज्ञताले भरिएको छ। यो सम्मान मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, स्वास्थ्य शिविरमा हात समाउने बालबालिका, विश्वास गर्ने रोगी,सहकार्य गर्ने स्वयंसेवक र ढोका खोलिदिने परिवार सबैलाई समर्पित छ।”

पर्साको सानो गाउँ परशुराममा जन्मिएका एम.डी.उमर देवानले गरिबी, पीडा र बेवास्ता देखेका थिए। उनका पिता सामाजिक अभियन्ता भएकाले सानैदेखि “स्वयंसेवा भन्दा माथिको सेवा” अर्थात् ‘सेवा नै जीवनको सर्वोच्च धर्म हो’ भन्ने शिक्षा पाए। यही प्रेरणाले उनलाई चिकित्सा क्षेत्रमा प्रवेश गरायो ।

उनले थपे, म अहिले नेशनल मेडिकल कलेजमा एम बी बी एस का स्टुडेन्ट हु र यो अवार्ड मेरो उपलब्धि होइन, जिम्मेवारीको स्मरण हो। अझै पनि आमाहरू उपचारको पर्खाइमा छन् । बालबालिका अवसरको प्रतीक्षामा छन्, र सीमान्तकृत परिवार सम्मान र न्यायको खोजीमा छन्। यो यात्रा त्यत्तिकै जारी रहन्छ—जबसम्म कोही पनि पछि पर्दैनन्।

एम .डी. उमर देवानले आफ्नो यो उपलब्धि सहकर्मी, स्वयंसेवक, विभिन्न संस्थाहरू—नेपाल हेल्थ कोर्प्स, एनएमसीटीएच, गाइम्स नेपाल, नेपालिज मेडिकल स्टुडेन्ट सोसाइटी लगायतलाई समर्पित गरे। साथै नेपालका युवाप्रति आह्वान गर्दै भने:संसाधन होइन, ठूलो मन नै परिवर्तनको मूल हो। तपाईंहरू नै भोलिको आशा,सेवा र मानवताको बाटोलाई निरन्तरता दिनुपर्छ।”

समाजसेवी एम .डी.उमर देवानले अन्ततः भने:
यो अवार्ड अन्तिम गन्तव्य होइन, जीवनभरको सेवायात्रामा एउटा माइलस्टोन हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button