मधेस प्रदेशसमाचारस्थानीय

पोखरीया नापी कार्यालय प्रमुख पाण्डे र सर्वेक्षक साहको कमाउ धन्दा, एउटै दस्तुरमा दुईवटा रसिद काटेर राजस्व अपचलन गर्दै

वीरगन्ज । सबैभन्दा बढी भ्रष्टाचार हुने सरकारी कार्यालय र सरकारी कर्मचारीहरुको सबैभन्दा आकर्षक कार्यालय मध्य नापी कार्यालय पनि एक हो । पर्साको पोखरिया नगरपालिकामा रहेको नापी कार्यालयमा पनि यस्तै आकर्षण र भ्रष्टाचारको अखडा जस्तै बनेको पाईएको छ ।

पोखरिया नगरपालिकामा सेवाग्राहीबाट लिईने सरकारी दस्तुरको कार्यालय प्रमुख र सर्वेक्षकको मिलेमतोमा नक्कली रसिद काटेर राजस्व अपचलन भईरहेको रहस्योदघाटन भएको छ ।

ADVERTISEMENT
पोखरिया नगरपालिका वडा नम्बर ९ मा निकै तामझामका साथ स्थापना गरिएको नापी कार्यालयमा दैनिक सरकारी दस्तुरको एउटै शीर्षकको दुईवटा रसिद काटिने गरेको स्रोतले जनाएको छ । कार्यालयमा एउटा नक्कली रसिद र अर्को गोप्य कोठामा सक्कली रसिद काट्ने गरिएको स्रोतको भनाई छ ।

श्रोतका अनुसार नापी कार्यालय पोखरियाका कार्यालय प्रमुख बब्लु पाण्डेयको विश्वासपात्र मानिने नापी कार्यालय पोखरियामै सर्वेक्षकको रुपमा कार्यरत उमेश साहले कार्यालय सहयोगीहरुलाई दबाब दिएर रसिद काटन लगाउने गरेको बताईएको छ ।

नापी कार्यालय पोखरियाका प्रमुख पाण्डेय र सर्वेक्षक साहले आर्थिक बर्ष २०८१/०८२ मा लाखौ रुपैयाको रसिदको रकम हिनामिना गरेको स्रोतको दावी छ ।

कार्यालयमा दिनभरी काटिने नक्कली रसिद कार्यालय समयपछि राति उमेश साहको दबाबमा कर्मचारीले कोठाबाट सक्कली रसिद काटेर ल्याउने गरेका छन् ।

दिनभरीमा करिव ५० हजार बराबरको काटिएको नक्कली रसिदको रकम उमेश साहको दबाबमा कर्मचारीले राती कोठाबाट ५–७ हजार बराबरको मात्रै सक्कली रसिद काटेर भोली पल्ट बैंक खातामा जम्मा गर्ने गरेको स्रोतको भनाई छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button