बाराको अमलेखगञ्जबाट अवैध सुनका गहनासहित एक युवक पक्राउ

बारा । बाराको अमलेखगञ्जबाट प्रहरीले अवैध सुनका गहनासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गाउँपालिका–७ का २६ वर्षीय गोपिलाल विश्वकर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराका अनुसार विश्वकर्मा ना २२ प ३८३४ नम्बरको मोटरसाइकलमा हेटौंडाबाट निजगढतर्फ जाँदै गरेका थिए।
सवारी जाँचका क्रममा उनलाई संकास्पद देखिएपछि बोकेको झोलाको तलासी लिँदा १०८.८ लाल तौलको सुनका गहना फेला परेको हो । ईलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत अमलेखगञ्ज प्रहरी चौकीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका सुनका गहनासम्बन्धी बिल र अन्य कागजात नहुँदा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए । प्रहरीका अनुसार लुकाइछिपाई तयारी सुनका गहना ओसारपसार गरिएको पाइएकाले थप अनुसन्धान अघि बढाइएको छ । विश्वकर्मामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।



