मधेस प्रदेशसमाचारसमाजस्थानीय

वीरगन्जमा सञ्चारकर्मी कुशवाहाद्वारा कपडा बैंकलाई सहयोग

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । सञ्चारकर्मी कृष्णा कुशवाहाले वीरगन्जस्थित कपडा बैंकलाई दुई झोला नयाँ कपडा प्रदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेका छन्। वीरगन्जमा रहेको कपडा बैंकको कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रत्यक्षरूपमा उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

कपडा बैंकका अध्यक्ष लालबाबु सिंहसहित संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कपडाको सामग्री ग्रहण गरिएको थियो। उक्त अवसरमा सञ्चारकर्मी कुशवाहाले समाजका आवश्यकता भएका वर्गहरूलाई सघाउने उद्देश्यले यो सहयोग गरेको बताए। “सामाजिक सेवामा सबैले आ-आफ्नो ठाउँबाट सानो पहल गरे पनि ठूलो परिवर्तन सम्भव हुन्छ,” उनले भने, “कपडा बैंकजस्ता संस्थामार्फत सहयोग प्रत्यक्ष रूपमा पहुँच पुग्ने भएकाले म यो अभियानमा जोडिएको छु।”

अध्यक्ष सिंहले सञ्चारकर्मी कुशवाहाको योगदानप्रति आभार प्रकट गर्दै यस्ता प्रेरणादायी कदमहरूले संस्थाको अभियानलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे। कपडा बैंकले आर्थिक रूपले कमजोर तथा विपन्न परिवारहरूलाई निःशुल्क कपडा वितरण गर्दै आएको छ। कुशवाहाको यो सहयोगले संस्थाको मानवीय प्रयासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button