मधेस प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

प्रधानमन्त्री ओलीले गरे परवानीपुर प्रशासनिक भवनको उद्घाटन, नेपाल चाँडै विकासशील राष्ट्रको सूचीमा समावेश हुने दाबी

Ad 1
Ad 2
Ad 3
Ad 4

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा निर्माण भएको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ। सवा ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवनबाट सेवा प्रवाह सुरु भएकोमा प्रधानमन्त्री ओलीले पालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकले तीव्र विकासको गति लिएको दाबी गर्नुभयो। उहाँले दैनिक तीनवटा पुल निर्माण भइरहेको छ भने एक वर्षको अवधिमा ९ हजार किलोमिटर सडक कालोपत्रे गरिएको छ। देशका सबै ७७ जिल्लाका सदरमुकामहरू सडक सञ्जालमा जोडिएको जानकारी पनि उहाँले दिनुभयो।
ओलीले हुलाकी सडक निर्माणले मधेश क्षेत्रको विकासमा थप गती दिएको उल्लेख गर्दै, भौतिक पूर्वाधारको विस्तारले मधेशको जीवनस्तरमा सकारात्मक प्रभाव परेको बताउनुभयो।उहाँले लामो समयसम्म वर्षा नहुँदा मधेशमा खडेरीको अवस्था देखिएको, पानीका मुहानहरू सुक्दै गएकाले खानेपानीको समस्या चुलिएको जानकारी दिनुभयो। त्यसैले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरिएको उल्लेख गर्दै, चुरे क्षेत्रमा ठूला तालहरू निर्माण गरेर खडेरी न्यूनीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

प्रधानमन्त्रीले सुनकोशी–मरिन डाइभर्सन आयोजना तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै, यसबाट मधेशका पाँच जिल्लाले प्रत्यक्ष लाभ पाउने बताए।त्यसैगरी, उहाँले बारालाई ूमाछाको सुपर जोनू को रूपमा घोषणा गरिएको जानकारी दिँदै, यसले कृषकको आम्दानी चार गुणासम्म बढ्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ओलीले मुलुकको समग्र विकास र प्रगति उल्लेख गर्दै अबको केही दिनमै नेपाल विकासशील राष्ट्रको सूचीमा समावेश हुने अपेक्षा पनि व्यक्त गर्नुभयो।कार्यक्रम पालिका प्रमुख रामक्षेत्री पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा श्रम तथा रोजगार मन्त्री शरत सिंह भण्डारी, लोपसाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर लगायतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button