मधेस प्रदेशराजनीतिसमाचार

राप्रपा पर्साको वडा कमिटी गठन , अध्यक्षमा श्याम सुन्दर पटेल चयन

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहुदरमाई नगरपालिका वडा नं. ८ मा आज एक विशेष कार्यक्रमका बीच वडा कमिटी गठन गरिएको छ। कार्यक्रम राप्रपा प्रदेश समितिका सदस्य जटाशंकर प्रसाद गुप्ताको अगुवाइमा सम्पन्न भएको हो।

नवगठित वडा कमिटीको अध्यक्षमा श्याम सुन्दर पटेल चयन भएका छन्। उपाध्यक्षमा विकास पटेल र सुरेन्द्र सहनी चयन भएका छन् भने सचिवमा दिनेश सहनी, सहसचिवमा प्रमान्द राउत कुर्मी, कोषाध्यक्षमा वीरेन्द्र पडित चयन गरिएको छ। २३ सदस्यीय वडा कमिटीमा अन्य सदस्यहरूमा नवल कुमार सहनी, प्रभु राउत, अन्जित चौधरी, राज किशोर साह, विकास साह, रमेश साह, अजय पाण्डे, महानंद साहलगायत रहेका छन्।

गठन कार्यक्रम राप्रपाका केन्द्रिय सदस्य अंगद ठाकुर, प्रदेश समितिका संगठन प्रमुख किरन ङगोल र पर्सा जिल्ला निर्वाचन समिति सदस्य चिन्टु तिवारीको विशेष उपस्थिति मा सम्पन्न गरिएको थियो। पार्टीले स्थानीय तहसम्म संगठन विस्तार गर्ने उद्देश्यले यो कमिटी गठन गरिएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button