मधेस प्रदेशसमाचार

वीरगञ्जस्थित बाल सुधार गृहका चौकीदार ठगी आरोपमा पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा,२ सावन ।
वीरगञ्जस्थित बाल सुधार गृहमा कार्यरत चौकीदार प्रमोद गुप्ता ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभको आरोपमा पक्राउ परेका छन्। सिराहा, लहान नगरपालिका–३ निवासी २४ वर्षीय गुप्तालाई पर्सा प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार गुप्ताले सुधार गृहमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १० जना किशोर कैदीहरूलाई दबाबमा पारेर नगद र ई–सेवा मार्फत गरी कुल १० लाख १५ हजार ३ सय ७० रुपैयाँ असुली गरेका थिए। गुप्ता स्वयं लागूऔषध सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। कैदकै अवस्थामा चौकीदारको जिम्मेवारी दिइएका गुप्ताले सुधार गृहभित्रकै पीडितहरूबाट ठगी गरेको प्रहरीको दाबी छ।

पीडितहरूले गुप्ता कैद सकिएर छुट्ने सूचना पाएपछि बाल सुधार गृह प्रशासन र प्रहरीले संयुक्त रूपमा छानबिन थालेका थिए। उजुरीका आधारमा पक्राउ परेका गुप्ताविरुद्ध ठगीसम्बन्धी कसुरमा प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको र थप अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको डिएसपी लम्सालले जानकारी दिए। प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य पक्षहरूको संलग्नता र रकम संकलनको तरिका बारेमा अनुसन्धान जारी छ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button