मधेस प्रदेशसमाचारस्थानीय

बारामा मोटरसाइकल चोर्ने र चोरीको मोटरसाइकल किन्ने ग्यारेजका सञ्चालकसहित ३ जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

बारा,३२असार ।
बारामा प्रहरीले मोटरसाइकल चोरी गरेर ग्यारेजमा बिक्री गर्ने सहित ३ जनालाई पक्राउ गरेको छ । साथै चोेरी भएका दुई वटा मोटरसाइकलपनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका–७ योजना टोलका२५ वर्षीय चमन मगर, रौतहटको गुजरा नगरपालिका–२ का २३ वर्षीय रोशन मगर र रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठीका ३० वर्षीय रामप्रवेश महरा रहेका छन्। यहि असार २४ गते बाराको निजगढ नगरपालिका–७ का प्रशान्त लामाको घरमा पार्किङ गरी राखेको प्रदेश २–०३–०३३ प ७५१० नम्बरको यामाहा कम्पनीको एफजेड मोटरसाइकल चोरी भएको थियो।

उक्त मोटरसाइकल खोजतलासको क्रममा खटिएको प्रहरी टोलीले निजगढ–७ योजना टोलक चमन मगरलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछका क्रममा मगरले उक्त मोटरसाइकल रौतहटको गुजरा नगरपालिका–२ का रोशन मगरलाई बिक्री गरेको स्वीकार गरेका थिए। त्यसपछि रोशन मगरले उक्त मोटरसाइकल रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी घर भई गरुडाको झाझपुल चोकमा रहेको न्यू राजन वर्कशपका सञ्चालक राम प्रवेश महरालाई ३१ हजार रुपैयाँ बिक्री गरेको बताएका थिए।

त्यसपछि प्रहरीले राम प्रवेश महराको घर तथा वर्कशपमा खानतलासी गर्र्दा महराको घरको आँगनमा प्रदेश २–०३–०३३ प ७५१० नम्बरको यामाहा कम्पनीको एफजेड र नम्बर प्लेट नभएको अर्कोपनि एउटा मोटरसाइकल फेला पारेको थियो । बरामद मोटरसाइकल र चोरीमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका खेमप्रसाद नेपालले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button