मधेस प्रदेशसमाचारस्वास्थ्य

पत्रकारलाई दुर्ब्यहार गरेका स्वास्थ्य अधिकृत ठाकुर प्रहरी नियन्त्रणमा

Ad 1
Ad 2
Ad 3
Ad 4

पत्रकारहरुलाई गालीगलौच गरेका स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतवार पत्रकारहरुलाई दुर्ब्यहार गरेको भन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र ब्यवहार गरेको भन्दै उजुरी परेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो । तर छलफलबाट कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी पत्रकारले जनाएका छन ।

हिजो दिउँसो वीरगन्जको क्लासिक ब्यान्क्वेटमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई ठाकुरले कार्यक्रमस्थलमा आएर दुर्व्यवहार गरेको पत्रकारहरुको आरोप छ । पत्रकार सन्तोषकुमार कुशवाहा ,आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी, आनन्दकुमार पटेल लाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए।

यस घटनाले पत्रकार समुदायलाई आक्रोशित बनाएको छ। अधिकृत ठाकुरलाई सामान्यतया पर्साका पत्रकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ, तर यस घटनाले पत्रकारहरू आक्रोशित भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस विषयमा गम्भीर चासो देखाएको छ।

पत्रकारका विभिन्न संघ–संगठनहरुले यो घटनालाई आपत्तिजनक भन्दै दुर्व्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button