मधेस प्रदेशसमाचारसमाजस्थानीय

सडकबाट सुरु भएको व्यापार, समाजसेवामा समर्पित : वीरगञ्जका बिक्कीको प्रेरणादायी यात्रा

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका निवासी २७ वर्षीय बिक्की सर्राफले १५ वर्षको उमेरदेखि पढाइसँगै व्यापार सुरु गरेका थिए। फुटपाथबाट जिन्स, टी–शर्ट र ज्याकेटजस्ता लुगा बेच्दै सुरु गरेको व्यवसाय अहिले मासिक ५० हजार रुपैयाँ आम्दानी हुने सफल व्यापारमा परिणत भएको छ। बिक्कीले व्यापारसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले आफ्नो आम्दानीको केही प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने गरेका छन्। रेडक्रस, १००’s ग्रुप, भोलिन्टियर टिम, धोनी फ्यान क्लब लगायत संस्थाहरूमा आबद्ध हुँदै उनी रक्तदान, राहत वितरण, बिरामी सहयोग र अन्य सेवामूलक अभियानमा सहभागी भइरहेका छन्।

सर्राफले व्यवसायिक सफलता मात्र होइन, समाजसेवामा पनि उल्लेखनीय योगदान दिँदै आएका छन्। आर्थिक रूपले आफूलाई सक्षम बनाएसँगै उनले स्थानीय स्तरमा सकारात्मक भूमिका खेलिरहेका छन्। “व्यापार जीवनको आधार हो भने, समाजसेवा आत्माको सन्तुष्टि,” बिक्कीले भने। फुटपाथको व्यापारबाट उद्यमशीलता सिकेका सर्राफ अहिले युवा पुस्ताका लागि प्रेरणाका पात्र बनेका छन्।

सानो उमेरमै आत्मनिर्भर बन्न सफल बिक्कीले अध्ययन र सीपको सन्तुलन कायम राख्दै व्यवसायलाई अगाडि बढाएका थिए। उनको संघर्ष र समर्पणले देखाएको छ— सफलताको लागि ठूलै स्रोत र सुविधा चाहिंदैन, दृढ इच्छाशक्ति, निरन्तरता र समाजप्रतिको जिम्मेवारीबोध नै पर्याप्त छ। वीरगञ्जको सडकमा सुरु भएको उनको यात्रा अहिले समाजसेवाको यात्रासमेत बनेको छ । यो समाचार रातो पानाबाट साभार गरीएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button