मधेस प्रदेशसमाचार

वीरगंजमा रास्वपाको हस्ताक्षर अभियान सुरु

वीरगंज,१६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पार्टीका सभापति रबि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै वीरगंजमा आम जनताको हस्ताक्षर अभियान सुरु गरेको छ ।

वीरगंजकाे घन्टाघरमा साेमबारदेखि औपचारिक रूपमा सुरु गरिएको यो अभियान रास्वपा पर्साका सभापति हरि पन्तको नेतृत्वमा सञ्चालित भइरहेको छ । रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रका अनुसार यो अभियान केही दिनसम्म लगातार सञ्चालन हुनेछ। पर्सा सभापति पन्तका अनुसार वीरगंजवासी नागरिकहरूले स्वस्फूर्त रूपमा हस्ताक्षर गरेर अभियानमा सहभागिता जनाइरहेका छन्।

“नेपाली जनताले पछिल्ला राजनीतिक घटनाक्रमलाई सूक्ष्म रूपमा नियालिरहेका छन्, त्यसैले हामीलाई धेरै बताउन आवश्यक परेन,” पन्तले बताए। यसअघि पनि रास्वपा पर्साले बहुदरमाई नगरपालिकाका यस्तै हस्ताक्षर अभियान सञ्चालन गरिसकेको थियाे । पार्टीले जनतामाझ सचेतना फैलाउँदै रबि लामिछानेमाथिको मुद्दालाई ‘राजनीतिक षड्यन्त्र’को संज्ञा दिँदै व्यापक समर्थन जुटाउने प्रयास थालेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button