मधेस प्रदेशसमाचार

बारामा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

बारा,१८ असार ।
बारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाराको कोल्हबी नगरपालिका–१ का २१ वर्षीय राहुल विक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन् । बाराको विभिन्न स्थानबाट चोरी भएका पाँच वटा मोटरसाइकल सहित उनिहरुलाई एकै गाँउबाट त्रफाउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक रन्जन मिश्रको नेतृत्वमा खटिएको टोलीले चोरी भएका मोटरसाईकलहरू खोज तलास गर्दै जाँदा ५ वटा मोटरसाईकलहरूसहित उनिहरुलाई पक्राउ गरेको हो ।

उनिहरुबाट बरामद भएका मोटरसाइकलहरुमा प्र.२–०३–००६ प ६५१५ नमबरको होण्डा कम्म्पनिको साइन, ना. ४८ प ६९७० नंबरको टिभिएस ,बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको २२० सि.सि. क्षमताको निलो रङको पल्सर, ना. ६५ प. ८८६० नमबरको टिभिएस कम्पनीको रातो कालो रङको स्ट्राइकर र प्रदेश २–०३–००५ प ६२२६ नम्बरको टिभिएस कम्पनीको निलो रङकको स्ट्राइकर रहेको प्रहरीले जनाएको छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button