मधेस प्रदेशसमाचारसमाजस्थानीय

धान दिवस कार्यक्रममा जगरनाथपुरका अध्यक्ष यादवले भने : धान नेपालीको पहिचान मात्र नभई संस्कृतिपनि हो

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,१५असार ।
पर्साको जगरनाथपुर गाउँपालिकाले २२ औं राष्ट्रिय धान दिवस आइतबार विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुर सोहरीमा आइतबार गाँउपालिका कार्यालयले धान रोप्ने कार्यक्रम आयोजना गरेर राष्ट्रिय धान दिवस मनाएको हो ।

त्यसअवसरमा गाँउका किसानहरुसंगै गाँउपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, गाँउपालिकाका कृषि शाखाका अधिकृत दयानन्द चौहान, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरु ,कर्मचारीले खेतमा धान रोपाइँ गरेका थिए।

कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष यादवले धान नेपालीको पहिचान मात्र नभई संस्कृति र समृद्धिसँग पनि जोडिएको उल्लेख गरे।नेपाललाई कृषि प्रधान मुलुक भनिएपनि अझैपनि देश कृषिमा आत्मनिर्भर बन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष यादवले भने,‘ यदि मुलुकलाई समृद्ध बनाउने हो भने सबैभन्दा पहिले देश कृषिमा आत्मनिर्भर बन्नैपर्छ । त्यसका लागि तीनै तहको सरकारले काम गर्नुपर्छ ।’

जगरनाथपुर गाउँपालिकाले कृषिमा आधुनिक प्रविधि, तालिम तथा सहुलियतपूर्ण अनुदानमार्फत निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा अझ सशक्त रूपमा सहयोग गर्ने प्रतिबद्धतापनि उनले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button