मधेस प्रदेशसमाचारस्वास्थ्य

नेशनल मेडिकल कलेज र पर्साका सहकारी संस्थाहरुबिच सम्झौता: स्वास्थ्य उपचार सेवामा विशेष छुट

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,१६ असार ।
वीरगन्ज-१५ भेडीयाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र पर्सा जिल्लाका २२ वटा सहकारी संस्थाहरुबिच सम्झौता भएको छ।आईतबार कलेजको सभा हलमा पर्सा जिल्ला का २२ वटा सहकारी संस्थाका प्रतिनिधि र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।कलेजका अध्यक्ष प्रा. डाक्टर जैनुदिन अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार ती सहकारीका सदस्यहरूलाई नेशनल मेडिकल कलेजमार्फत उपचार सेवा शुल्कमा विशेष छुट सहित २० प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले आफ्नो समझौतापत्रमा क वर्ग र ख वर्ग गरि छुट्याएको छ। क वर्गमा सहकारीका सदस्यहरुको लागि रहेको छ ।

जसमा ओपिडी टिकटमा २५ प्रतिशत, जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल ल्याप्रोस्कोपि तथा इण्डोस्कोपिमा ८ प्रतिशत, प्याथोलोजी जाँचमा १० प्रतिशत,भिडियो एक्सरे, एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा ७ प्रतिशत, फार्मेसी ओपिडीमा १० देखि १५ प्रतिशत, डेन्टल प्रोस्युडरमा ७ प्रतिशत छुट दिने सम्झौता भएको हो ।त्यसतै ख वर्गमा सहकारी संस्थाको कर्मचारी तथा संचालकहरुलाई विशेष छुट दिइएको छ।ओपिडी टिकटमा ५० प्रतिशत, जेनरल बेड चार्जमा २० प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल ल्यप्रोस्कोपि तथा इण्डोस्कोपिकमा १५ प्रतिशत, पयाथोलोजी जाँचमा १५ प्रतिशत, भिडियो एक्सरे, एक्सरे, इसिजी, इन्डोस्कोपीमा १२ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा १० प्रतिशत, फार्मेसी ओपिडीमा १० देखि १५ प्रतिशत,डेन्टल प्रोस्युडरमा ७ प्रतिशत छुट दिने सम्झौता भएको हो ।उपचार सेवा शुल्कमा छुट सुविधाका लागि संस्थाले आफ्नो लेटर प्याडमा सिफारिस गरेको हुनुपर्नेछ ।

यो सम्झौता एक वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले जानकारी दिए ।कार्यक्रममा कलेजकी निर्देशक डाक्टर ईसरत जहान अन्सारीले अब गाँउदेखि सहरसम्मका जनताले स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरिन् ।त्यसअवसरमा कलेजका मार्केटिङ र एडमिसन एण्ड डाइरेक्टर आबिद हुसेन अन्सारीको-अपरेटिभ म्यानेजर्स क्लब का अध्यक्ष रविभूषण श्रीवास्तव सहित क्लबका सम्पूर्ण कार्यसमितिको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button