
वीरगन्ज,१४असार ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पर्सा जिल्लाका ६७ प्रतिशत बढी विद्यार्थी असफल (फेल) भएका छन् ।शुक्रबार प्रकाशीत एसर्ईईको नतीजा अनुािर, पर्सामा नियमिततर्फ ३२.४९ प्रतिशत र प्राविधिक धारतर्फ १५ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार अधिकांश विद्यार्थीको ननग्रेड आएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ पर्साले जारी गरेको विवरण अनुसार नियमिततर्फ यो वर्ष ३२ दशमलव ४९ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् । एसईईमा पर्साबाट नियमिततर्फ १० हजार २३ जना र प्राविधिक धारतर्फ २१० जना विद्यार्थीले परीक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार पर्सा जिल्लाबाट नियमिततर्फ ३२ दशमलव ४९ र प्राविधिक धारतर्फ १५ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार एसईईमा पर्साबाट भाग लिएका कुल नियमिततर्फका १० हजार २३ विद्यार्थीमध्ये ३ हजार २५७ जना र प्राविधिकतर्फका २१० जनामध्ये ३३ जना मात्रै पास भएका हुन् ।शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख हरि राउतका अनुसार अधिकांश विद्यार्थीहरूको ननग्रेड आएको हो ।
यो वर्ष पर्सा जिल्लामा १० हजार बढी विद्यार्थीले परीक्षा दिए पनि नतिजा सन्तोषजनक नआएको शिक्षा विकास तथा समन्वय एकाइ पर्साको विश्लेषण छ । सार्वजनिक नतिजा अनुसार पर्सामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एकदम न्यून रहेको शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख राउत बताउँछन् । उनका अनुसार पर्सामा ८ जना विद्यार्थीले मात्रै ४ जीपीए ल्याएर पास भएका छन् ।




Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.