पर्साको बहुदरमाई नगरपालिकाको १३ औं नगर सभा सम्पन्न, ४९ करोड ५२ लाखको बजेट प्रस्तुत
रामनिवास कुमार पटेल
पर्सा ,१० असार ।
पर्साको बहुदरमाई नगरपालिकाको १३ औं नगर सभा अधिवेशन सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सम्पन्न उक्त अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
नगरपालिका अध्यक्ष सिंगासन साह तेलीको अध्यक्षतामा उपाध्यक्ष सुस्मा कुमारी कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने सभामा स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी ,संचारकर्मी ,सुरक्षाकर्मी र स्थानीयवासीको सहभागिता रहेको थियो। सभामा ४९ करोड ५२ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो।
सभामा अध्यक्ष तेलीले नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सुझाव र सहयोग गर्ने आम नागरिक, स्थानीय प्रतिनिधिहरू, शिक्षक, कर्मचारी, तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै नीति कार्यान्वयनमा निरन्तर साथ–सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए ।



