पर्साको सखुवा प्रसौनी गाउँपालिकाको १५ औं गाउँ सभा सम्पन्न, ५९ करोड ३१ लाखको बजेट प्रस्तुत
रामनिवास कुमार पटेल
पर्सा ,१० असार ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको १५ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा भएको कार्यक्रममा बजेट बुक उपाध्यक्ष शर्मिला विष्टले बजेट प्रस्तुत गरेका थिए भने सभामा ५९ करोड ३१ लाख ५८ हजार ३ सय ३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो। गााउपालिकाले आगामी आर्थिक वर्षका लागि खेलकुद ,शिक्षा,स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार निर्माणका योजना तथा कार्यक्रमहरुलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाले बताए ।
सभामा अध्यक्ष यादवले नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सुझाव र सहयोग गर्ने आम नागरिक, स्थानीय प्रतिनिधिहरू, शिक्षक, कर्मचारी, तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै नीति कार्यान्वयनमा निरन्तर साथ–सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा वडा अध्यक्षहरु साथै कार्यपालिका सदस्यहरु, समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो।



