मधेस प्रदेशराजनीतिसमाचार

पर्साको जगरनाथपुर गाउँपालिकाको १३ औं गाउँ सभा सम्पन्न, ४५ करोड ४१ लखको बजेट प्रस्तुत

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,१० असार ।
पर्साको जगरनाथपुर गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।सोमबार जगरनाथपुर–४ सन्ठीस्थित विद्यालय प्रांगणमा आयोजित गाँउपालिकाको १३ औं गाँउसभाको अधिवेशनमा गाँउपालिका अध्ध्यक्ष श्रीकान्त प्रसाद यादवले आगामी आर्थिक वर्षका लागि ४५ करोड ४१ लख १७ हजार ११ रुपैयाँ बराबरको अनुमानित आयव्यसहितको बजेट प्रस्तुत गरेका हुन् । त्यसअघि उनले नै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमपनि सार्वजनिक गरे ।

जगरनापुर गाँउपालिकाको आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरुमा संघीय समानीकरण अनुदानबाट १० करोड ५६ लाख,संघीय सशर्त अनुदानबाट १८ करोड ३ लाख,संघीय विशेष अनुदानबाट २ करोड ८९ लाख,संघीय राजस्व बाँडफाँडबाट ८ करोड ८२ लाख २८ हजार,प्रदेश समानीकरण अनुदानबाट ७३ लाख ४१ हजार,प्रदेश सशर्त अनुदानबाट ८० लाख,प्रदेश विशेष अनुदानबाट ३० लाख,प्रदेश समपुरक अनुदानबाट २० लाख,प्रदेश राजस्व बाँडफाँडबाट ८० लाख तथा गाँउपालिकाको आन्तरिक श्रोत तथा बैंक मौज्दात २ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

बजेट प्रस्तुत गर्दै गाँउपालिका अध्यक्ष यादवले आगामी आर्थिक वर्षका लागि कृषितर्फ ७५ लाख रुपैयाँ,शिक्षातर्फ १ करोड ६३ लाख ४७ हजार रुपैयाँ,पशु सेवातर्फ १० लाख ५० हजार,स्वास्थ्यतर्फ १ करोड ६० लाख ५८ हजार,सामाजिक विकासतर्फ १ करोड, गाँउपालिकाको कार्यालय सञ्चालन तथा चालु खर्च तर्फ १० करोड ५८ लाख तथा वडा कार्यालय मार्फत सञ्चालन हुने बजेट ३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराए ।

जगरनाथपुर गाँउपालिकाको गाँउसभालाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै पूर्व उद्योगमन्त्री तथा पर्सा–४ का सांसद रमेश रिजालले शिक्षा,स्वास्थ्य जस्ता आधारभूत सेवामा कुनै कमी नगर्न पालिकाका जनप्रतिनिधीहरुलाई अनुरोध गरे । साथै उनले विकास र जनताको सेवाका सवालमा राजनीति नगर्नपनि सचेत गराए । गाँउपालिका अध्यक्ष यादवको अध्यक्षता तथा पूर्वमन्त्री एंव पर्सा–४ का सांसद रमेश रिजालको प्रमुख आतिथ्यतामा भएको गाँउसभा अधिवेशनमा गाँउपालिका उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, पाँच वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button