मधेस प्रदेशराजनीतिसमाचार

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको १५ औं गाउँ सभा सम्पन्न,४१ करोड १४ लाखको बजेट प्रस्तुत

Ad 1
Ad 2
Ad 3
Ad 4

रामनिवास कुमार पटेल
पर्सा,९ असार ।  
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको १५ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। पटेर्वा सुगौली–४ स्थित वडा कार्यालयको सभाहलमा आयोजित अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ममता महत्तो थारु, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता,वडा अध्यक्षहरु ,साथै कार्यपालिका सदस्यहरुसहित स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी र स्थानीयवासीको उपस्थिति रहेको थियो भने सभामा ४१ करोड १४ लाख ७४ हजार ६ सय २३ रुपैयाँको कुल बजेट प्रस्तुत गरिएको हो।

आगामी आर्थिक वर्षका लागि पटेर्वा सुगौली गाँउपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा कृषि,शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधार, उद्यम लगायतका क्षेत्रलाई विशेष जोड दिइएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए । सभामा अध्यक्ष चौधरीले नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सुझाव र सहयोग गर्ने आम नागरिक, स्थानीय प्रतिनिधिहरू, शिक्षक, कर्मचारी, तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै नीति कार्यान्वयनमा निरन्तर साथ–सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button