समाचारसमाज

भारतमा मल किन्न जादा पक्राउ परेका सर्लाहीका सिंहद्वय धरौटीमा रिहा

वीरगन्ज । भारतमा रासायनिक मल खरिद गर्न जाँदा पक्राउ परेका सर्लाहीका दुई किसानलाई भारतीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सर्लाहीको बलरा नगरपालिका–५ निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई बुधबार धरौटीमा रिहा गर्न भारतस्थित सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतले आदेश दिएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए।

अविनाशका अनुसार भारतको आधार कार्ड भएका दुई जना व्यक्तिले साक्षी बसेपछि रिहाइ प्रक्रिया पूरा हुनेछ। यो प्रक्रिया पुरा गर्दा बिहिवार मात्र उनीहरु बिहीबार मात्र रिहा हुने भएका छन्। सुरेशप्रसाद र नागेन्द्रप्रसादलाई गत १७ असारमा भारतको सीतामढी जिल्लाअन्तर्गत सोनबर्षाबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको थियो। उनीहरूलाई १८ असारमा जेल चलान गरिएको थियो। बुधबार उनीहरुको रिहाई सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीहरूलाई भारतबाट डीएपी र युरिया मल खरिद गरी नेपाल फर्किने क्रममा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको जनाइएको छ।

Related Articles

Back to top button