विपक्षी सांसदले कामचलाउ प्रधानमन्त्रीमाथि अण्डा प्रहार गरेपछि…

विपक्षी दलको अवरोधका कारण शनिबार कोसोभो संसदको बैठक स्थगित भएको छ ।
बैठकका क्रममा एक विपक्षी सांसदले संसद भवनभित्रै कार्यवाहक प्रधानमन्त्री अल्बिन कुर्तीमाथि अण्डा प्रहार गरिन् ।
विपक्षी दल एलायन्स फर द फ्युचर अफ कोसोभोकी सांसद टाइम काद्रिजाजले अघिल्लो लहरमा बसेका कुर्तीनजिकै गएर उनीमाथि धेरै अण्डा प्रहार गरिन् ।
उनले चिच्याउँदै भनिन्, ‘तपाईंलाई लाज लाग्नुपर्छ !’ त्यसपछि सुरक्षाकर्मी र अन्य सांसदहरूले हस्तक्षेप गरे । उक्त घटनालगत्तै संसद्को कारबाही स्थगित गरिएको थियो ।
सुरक्षाकर्मीहरूले कार्यवाहक प्रधानमन्त्रीलाई घेराउ गर्दा सभामुखले प्रत्यक्ष टेलिभिजन प्रसारण रोक्न आदेश दिए ।
त्यहाँ मच्चिएको हो–हल्लाका बाबजुद आफूमाथि भएको अण्डा प्रहारबाट कुर्ती विचलित देखिएनन् । उनका अनुसार यदि राजनीतिक संवादलाई जीवित राख्नका लागि आफूमाथि अण्डा प्रहार हुनु नै मूल्य हो भने ‘म यो मूल्य चुकाउन तयार छु’
वास्तवमा संसदको सभामुख पदका लागि उम्मेदवार घोषणा गर्न कुर्तीले सभाको बैठक बोलाएका थिए ।
वास्तवमा संसदको सभामुख पदका लागि उम्मेदवार घोषणा गर्न कुर्तीले सभाको बैठक बोलाएका थिए ।
तर, त्यसको सट्टा उनले नयाँ राष्ट्रपतिको निर्वाचनबारे सहमतिमा पुग्न थप समय मागे । छलफलमा कुनै सहमति नजुटेको कुरा उनले स्वीकारेका थिए ।
७ जुनको आम निर्वाचनपछि सरकार गठनका लागि विपक्षी समूहहरूसँग सहमति जुटाउने प्रयास भइरहेका बेला कार्यवाहक प्रधानमन्त्री कुर्तीको दल भेटेभेन्दोसजेलाई लिएर उक्त हंगामा मच्चिएको थियो ।
भेटेभेन्दोसजेले संसदीय १२० सिटमध्ये ५३ सिट जितेर सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा उदाएको छ, तथापि गठबन्धन साझेदारहरू बिना सरकार सञ्चालन गर्न आवश्यक बहुमत उससँग छैन ।
भेटेभेन्दोसजेले संसदीय १२० सिटमध्ये ५३ सिट जितेर सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा उदाएको छ, तथापि गठबन्धन साझेदारहरू बिना सरकार सञ्चालन गर्न आवश्यक बहुमत उससँग छैन ।
कोसोभोको संसदमा विगतमा पनि यस्तै खालका हो–हल्लाका घटनाहरू भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा जनाइएको छ ।
कोसोभो लामो समयदेखि राजनीतिक अस्थिरतासँग जुधिरहेको छ । संसद्मा बारम्बार देखिएको गतिरोधका कारण दुई वर्षभन्दा कम अवधिमा तीनवटा आम निर्वाचनहरू गर्नुपरेको छ । तोकिएको समयभित्र राष्ट्रपति चयन गर्न सांसदहरू असफल भएपछि जुन ७ मा निर्वाचन गराउनुपरेको थियो ।



