रक्तदान

 क्रीयाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा ३ महिलासहित ६० जनाले गरे रक्तदान

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । मानव जीवन बचाउने तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले बीरगन्जको घण्टाघर चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। क्रीयाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी, पत्रकार तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै समाजमा नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

क्रीयाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, दीपक पटेल, सौरभराज पाण्डे, बृजेश चौधरीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

रक्तदान गर्नेहरूमा ज्ञान्ती पटेल, पूजा साह, माधुरी महतो, अनिश पटेल, मुनेश पटेल, मुकेश पटेल, आदित्य शर्मा, राकेश साह, दीपेन्द्र पटेल, दीपक पटेल, भूपेन्द्र पटेल, वृजकिशोर चौधरी, आनन्द पटेल, राजेन्द्र भट्टराई, अरविन्द पटेल, पप्पु साह, प्रताप पटेल, अनुज पटेल, रञ्जय पटेल, विशेष द्विवेदी, जितेन्द्र साह, सुनिल साह, सुर्यप्रताप पटेललगायत रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवामध्ये एक भएको उल्लेख गर्दै रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियानहरू आवश्यक रहेको बताए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेलले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गर्दै रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै उनले समाजमा रक्तदानसम्बन्धी सकारात्मक सन्देश फैलाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे

Related Articles

Back to top button