समाचार
इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८ साततलेमा इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो इनार सफा गर्ने क्रममा डुबेर सोही ठाउँका ४३ वर्षीय मीनबहादुर योन्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इनारभित्रबाट शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



