‘नेपालको प्रधानमन्त्री हो कि विदेशी दलाल ?’

प्रधानमन्त्री बालेन साहले दिएको सीमासम्बन्धी अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री साहको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै पार्टीले माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले संसदमा प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
उनीहरूले ‘नेपालको प्रधानमन्त्री हो कि विदेशी दलाल ?’, ‘नेपाली माटोको रक्षा गरौँ’, ‘गैर जिम्मेवारी अभिव्यक्तिको विरोध गरौँ’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सभामा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।
राईले सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उल्लेख गर्दै सदनमा आफूहरूले राख्दै आएको अडान कायमै रहने बताए ।






