बहुदरमाईको दोस्रो नगर अधिवेशनबाटअध्यक्ष मा कुशवाहा चयन

वीरगञ्ज,२८ ज्येष्ठ ।
नेकपा एमाले मगर कमिटीको दोश्रो अधिवेशन वडा नं १ स्थित रामजानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएकाे थियाे।
अधिवेशनले सर्व-सहमतबाट प्रमोद कुशवाहाको नेतृत्वमा ४५ सदस्यिय नगर कमिटी गठन गरेको छ। यस अघि पनि बहुदरमाईको नगर कमिटीको अध्यक्षमा प्रमोद कुशवाहा नै थिए। नयाँ नगर कमिटी मा उपा- अध्यक्ष सुरेन्द्र यादव, सचिवमा अशोक रौनियार, उप-सचिवमा देवतानन्द कलवार, माहिला उप सचिवमा सरिता पटेल तथा सदस्य हरुको गठन गरिएको छ।
अधिवेशनको बन्द सत्रमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री राजकुमार गुप्ताले नव-गठित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए। साथै मन्त्री गुप्ताले बहुदरमाई नगरपालिकाको जनताहरुको बीच रहि मन जित्न आग्रह समेत गर्नु भएको थियो।1
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य तथा बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी शिब पटेल, बहुदर माई इन्चार्ज अरविन्द सिँह, बहुदरमाई नगरपालिकाकी उप- मेयर सुष्मा कुशवाहा लगायतका नेता, कार्यकर्ता तथा स्थानिय नगरबासीहरुको उल्लेखनीय सहभागिता रहेकाे थियो।



