समाचार
रास्वपाले भन्यो- यी दुई वटा कुरा नपत्याउनुहोला

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो बताए, दुइटा कुरा नपत्याउनुहोस्ः
१. सार्वजनिक पदहरूमा, पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भनेको छ भने ।
२. आउने स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भनेको छ भने ।
यस प्रकारको बिचौलियापन पार्टीले प्रवर्द्धन गर्दैन र यो पार्टी नीति विपरीत हो ।



