समाचार
राष्ट्रसंघका महासचिवद्वारा संयमता अपनाउन आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबीचको व्याप्त गोलीबारीबारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता अपनाउन आह्वान गरेका छन् ।
पत्रकारहरुसँगको सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले महासचिवले वर्तमान समयलाई सम्झौता लागि महत्वपूर्ण क्षण भन्दै थप तनाव रोक्न सबै पक्षलाई अधिकतम संयमताका साथ अगाडि बढ्न आग्रह गरेका हुन् ।
गुटेरेसले सबै पक्षहरूलाई तनावलाई उत्पन्न गर्ने वा चलिरहेको कूटनीतिक प्रयासहरूलाई कमजोर पार्ने कुनै पनि कार्यबाट टाढा रहन आह्वान गरेको डुजारिकले बताएका छन् । शान्ति स्थापनार्थ भएका अनेकन प्रयासको बावजुद संयुक्त राज्य अमेरिका र इरानले शुक्रबार होर्मुजको जलक्षेत्रमा आक्रमण तथा गोलीबारी गरेपछि महासचिव गुटेरेसको आह्वान आएको जनाइएको छ ।



