मधेस प्रदेशशिक्षासमाचार

रौतहटमा विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ युवक पक्राउ

रौतहट,२८ जेठ ।
रौतहटको कटहरिया नगरपालिका १ मा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने २७ वर्षीय मुकेश दास, सोही ठाउँका १९ वर्षीय राधेश्याम दास र १८ वर्षीय राजु दास रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए । उनीहरू इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर चोरी शीर्षक मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिएका छन्।

उनीहरुले गत शनिवार राति विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट एक थान चोरी गरेको बताइएको छ। चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलि पल्ट आइतबार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा विद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

मावि भासेढवामा यसभन्दा अगाडि दुई पटक चोरी भएको थियो।२०७७ साल र २०८१ सालमा विद्यालयको कम्प्युटरलगायतको सामान चोरी भएको प्रधानाध्यापक राम मङ्गल यादवले बताएका छन्। विद्यालयको छेउमै घर भएको आरोपीहरूले विद्यालयमा यस अघि पटक पटक चोरी गरेको अनुसन्धान बाट खुलेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button