मधेस प्रदेशसमाचार

वीरगन्जका आरिफ शेखको फर्म: नेपालले खेलेका ५ ओडीआईमा तेस्रोपटक ‘प्लेयर अफ द म्याच’

वीरगन्ज,२८ जेठ ।
नेदरल्यान्डसविरुद्धको मंगलबारको खेलमा नेपालका मध्यक्रमका ब्याटर आरिफ शेख फेरि एक पटक चम्किए ।समस्याग्रस्त अवस्थामा रहेको नेपालको ब्याटिङलाई आरिफको ८४ रनको उत्कृष्ट इनिङले जोगाएको थियो ।
आइसीसी विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा आरिफ दोस्रोपटक प्लेयर अफ द म्याच भएका छन् । वीरगन्ज निवासी आरिफले नेदरल्यान्डसविरुद्धका दुवै खेलमा म्याच विनिङ पारी खेले । यी दुवै म्याच लो स्कोरिङ थिए ।

अघिल्लो खेलमा नेदरल्यान्डसले पहिलो ब्याटिङ गर्दै नेपाललाई जितका लागि २२६ रनको सामान्य लक्ष्य दिएको थियो ।उक्त लक्ष्य पछ्याउने क्रममा नेपाल अलिकति लडखडाएको थियो ।१२३ रनमा ४ विकेट गुमाएको स्थितिबाट सम्हाल्दै आरिफले नेपाललाई जितनजिक पु¥याएका थिए । उनले ९९ बलमा २ छक्का र ७ चौका सहित ७८ रन प्रहार गरे । आरिफ र दीपेन्द्र सिंहबीचको ८९ रनको साझेदारीले खेलको नतिजा निश्चित गरेको थियो ।

मंगलबार भएको नेदरल्यान्डसविरुद्धकै दोस्रो खेलमापनि आरिफले अझै सुधारिएको प्रदर्शन गरे । यसपालि उनको स्कोरिङ रेट पनि उच्च थियो । १३८ रनमा ५ विकेट गुमाएर कमजोर स्थितिमा रहेको नेपाललाई आरिफले आफ्नो उत्कृष्ट ब्याटिङ देखाउँदै उद्धार गरे र सम्मानजनक स्कोरमा पु¥याए । सिरिजमा पहिलो पटक नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेदरल्यान्डसका बलरहरूले सुरुदेखि नेपालका ब्याटरहरुमा दबाबमा राखिरहेका थिए र विकेट पनि निकालिरहेका थिए । तर एउटा इन्डबाट आरिफ डटिरहे ।

अन्तिम ओभरको तेस्रो बलमा आउट हुनु अघि उनले ८५ बलमा ८४ रन जोडिसकेका थिए । आरिफले हानेका चौका र छक्काको संख्या भने दुवै खेलमा एउटै छ । मंगलबारपनि उनले २ छक्का र ७ चौका नै प्रहार गरे । तर, यसपटक उनले धेरै डट बलहरू नखाएकाले करिब सयकै रनरेट कायम गर्न सके । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्डसलाई २२० बलमा रोक्न सफल भए । यद्यपि, प्लेयर अफ दि म्याचको वास्तविक हकदार भने आरिफ नै थिए । कारण उनी एक्लैले नेपालको ब्याटिङ धानेर सम्मानजनक स्कोरमा पु¥याएका हुन् । अन्यथा नेपालले २०० रनको आँकडा पार गर्न पनि कठिन हुन सक्थ्यो ।

यो सिरिजमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटरको सुचीमा शीर्षस्थानमा छन् आरिफ । उनले चार खेलमा ५२ को औसतमा २०८ रन जोडे । यति मात्र होइन, लिग २ को यो सिरिजमा नै नेपालका लागि सर्वाधिक रन उनैले बनाएका छन् । १० वटा खेलमा मात्र ब्याटिङ गरेका उनले ३८४ रन जोडिसकेका छन् । दोस्रो स्थानमा रहेका उनै भाइ आसिफ शेखको नाममा ३०१ रन छ । आसिफले १४ खेल खेलेका छन् ।

नेपालले खेलेका पछिल्ला ५ ओडिआइमा तेस्रोपटक आरिफ प्लेयर अफ द म्याच बनेका हुन् । यसले पनि उनको उच्च फर्मको संकेत गर्छ । लिग २ कै अघिल्लो सिरिजको अन्तिम खेलमा उनले स्कटल्यान्डविरुद्ध आक्रामक अर्धशतक बनाउँदै नेपाललाई जित दिलाएका थिए र प्लेयर अफ द म्याच चुनिएका थिए ।साभारः नेपालप्रेस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button