
नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।
विश्वकर्माले नेपाली कांग्रेसका सभापति गगन थापासमक्ष राजीनामा बुझाएका हुन्। उनले पारिवारिक र एवं शारीरिक समस्या देखाउँदै राजीनामा दिएका हुन् ।
उनलाई २०८२ असोज १३ मा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले दलित संघको अध्यक्षमा मनोनित गरेका थिए।



