समाचार
रास्वपाको स्थानीय तह उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तिर्ण हुनुपर्ने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुनका लागि क्यान्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तिर्ण हुनैपर्ने निर्णय गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले उत्तिर्ण हुनुपर्ने निर्णय गरेको हो ।
बैठकले उम्मेदवार छनोटका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको थियो।
बैठकमा समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको थियो।



