समाचार

सरकारविरुद्ध प्रदर्शन गर्दै नेकपा संयुक्त

Ad 1
Ad 2
Ad 3
Ad 4

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सरकारविरुद्ध सडकमा उत्रिने भएको छ । पार्टीले वैशाख २३ गते बुधबार दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गर्ने भएको हो ।

संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्बासीहरूको घरमा डोजर चलाएर घरबारविहीन बनाएको विरोधमा नेकपा (संयुक्त)ले प्रदर्शन गर्न लागेको हो ।

‘नवनिर्वाचित बालेन सरकारद्वारा संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्बासीहरूको घरमा डोजर चलाएर घरबारविहीन बनाएकोमा हाम्रो पार्टी असहमति प्रकट गर्दछ ।’ नेकपा संयुक्तका केन्द्रीय प्रचार विभागका दामोदर अर्यालले भने ।

पार्टीले उक्त प्रदर्शनमा उपस्थित हुन आमजनसमुदायलाई अपिल समेत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button