
सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिलाई पत्र पठाएको छ ।
हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी गरी २ वटा अध्यादेश स्वीकृतिका लागि पठाइएको हो ।
अध्यादेशबारे राष्ट्रपति कानूनी परामर्शमा रहेका बताइएको छ । सरकारले केही दिनअघि एक्कासी संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन लागेको हो ।



