समाचार

त्रिवि क्रिकेट रंगशाला भत्काउने निर्णय भएको हो भने त्यो गलत हुनेछ : कमल थापा

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । पूर्वउपप्रधानमन्त्री कमल थापाले त्रिवि क्रिकेट रंगशाला भत्काउने निर्णय भएको हो भने त्यो गलत हुने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले यस्तो बताएका हुन् ।

‘त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा रहेको क्रिकेट मैदान भत्काउने निर्णय भएको हो भने, त्यो गलत हुनेछ । विश्वविद्यालयलाई पनि खेलमैदान आवश्यक पर्दछ । त्यसैले, सो खेलमैदानलाई त्रिविकै स्वामित्व र व्यवस्थापनमा राखी सःशुल्क अरूलाई पनि प्रयोग गर्न दिने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ ।’ थापाले फेसबुकमा लेखेका छन् ।

त्रिभुवन विश्वविद्यालयले ४ वैशाखमा सूचना जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ । विश्वविद्यालय र क्यानबीच क्रिकेट रंगशालाबारे भएको सम्झौताको म्याद यही वैशाख मसान्तमा सकिँदै छ ।

क्यानले सम्झौता नवीकरणका लागि पहल अघि बढाउने निर्णय हालै गरेको थियो । तर सम्झौना नवीकरणभन्दा पनि रंगशाला खाली गर्न विश्ववविद्यालयले क्यानलाई पत्र काटेपछि नेपाली क्रिकेट तरंगित बनेको छ । नेपाली क्रिकेटप्रेमीहरुले अहिले सामाजिक सञ्जालमार्फत रंगशाला रक्षाका लागि सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button