समाचार
डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

काभ्रेको मंगलटारमा बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरूद्व अलपत्र परेका यात्रुहरूको प्रहरीले उद्वार थालेको छ । स्थानीयको सहयोगमा आइतबार बिहानबाट अलपत्र यात्रुको उद्धार सुरु गरिएको प्रहरीले जानकारी दिएको हो ।
रोशी गाउँपालिका क्षेत्रमा पर्ने मंगलटारमा बस, माइक्रोबस तथा निजी सवारी साधन रोकिएका छन्।
जोखिमयुक्त स्थानबाट यात्रुलाई पैदलमार्ग हुँदै सुरक्षित स्थानमा पुर्याउने तथा आवश्यक परेमा वैकल्पिक यातायातको व्यवस्था मिलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।



