मधेस प्रदेशराजनीतिसमाचार

मन्त्री गुप्ताद्धारा सखुवाप्रसौनी र पटेर्वासुगौलीमा सडक शिलन्यास

पर्सा,२५ जेष्ठ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको सखुवाप्रसौनी गाउँपालिका –५ र पटेर्वासुगौली गाउँपालिका -१ मा सडकको शिलन्यास गरेका छन् ।

मधेश प्रदेश सरकारको ९० लाखको बजेटबाट सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा निर्माण हुने सडक ढलानको शिलन्यास सँगै मन्त्री गुप्ताले पटेर्वासुगौली गाउँपालिकाको ४ मा निर्माण हुने खेलकुद मैदानको पनि आज एक कार्यक्रमका बीच शिलन्यास गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री गुप्ताले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फि विकासका लागि तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत विकाशको लहर सिर्जना गरेको बताए । साथै सो कार्यक्रम आफ्नो मन्त्रालय मार्फत सञ्चालन भइरहेको जानकारी दिँदै उनले भूमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उकास्न र तराई मधेशको समृद्धिका लागि सरकार लागि परेको बताए ।

इमान्दारिताका साथ काम गरे भने अर्को बर्ष थप बजेट उपलब्ध गराउने छु तर तलमाथि भए फेरी फेरी आश नगर्नु होला ।’ मन्त्री गुप्ताले तराई मधेश सम्मृद्धि कार्यक्रम मधेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेको जानकारी दिँदै सो कार्यक्रम मार्फत सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल कल्भर्ट, समुम्बासी सामुहिक आवास, विभिन्न जातजातीको संस्कृति संरक्षणका लागि सामुदायीक भवनलगायतका संरचनाहरु निर्माण हुने बताए ।

तराई मधेशमा सिमा पारिको छिमेकी भन्दा बढी वारी नेपालमा विकासको आफ्नो चाहना रहेको बताउँदै त्यसका लागि आफु निरन्तर लागि परेको बताए । मन्त्रि परिषदमा मधेशका विभिन्न क्षेत्रलाई आधोगीक क्षेत्रका रुपम विकास गर्ने योजना चलिरहेकाले उक्त योजना सफल पार्न आफु लागि परेको बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री गुप्ताले सवैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने समृद्धी आउन समय नलाग्ने बताउँदै सबैले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए । एक अर्को प्रसंगमा मन्त्री गुप्ताले रात दिन काम चलिरहेको जानकारी दिँदै सवै तहमा कर्मचारी व्यवस्थापन भइसक्ने दावी गरे ।
IMG 20250608 WA0010 300x138

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button