काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा सुनुवाई जारी छ ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाई भइरहेको हो । इजलासले गगन पक्षका कानून व्यवसायीलाई साढे ३ बजेभित्र बहस सक्न रूलिङ गरेका छन् ।
सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माको तर्फबाट झन्डै १५ जना कानुन व्यवसायीले बहस गर्दै छन् ।
रिट निवेदक रहेका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट जवाफका लागि इजलासले एक घण्टाको समय छुट्याएको छ । देउवा र खड्का पक्षको जवाफपछि सम्भवतः आजै निर्णय आउने छ ।
