बीरगंजमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

6

बीरगंज । वीरगन्ज महानगरपालिका– २२, जगरनाथपुर चोकमा सशस्त्र प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। सशस्त्र प्रहरीको ना.१झ १५३१ नम्बरको स्कार्पियोले प्रदेश २–००१–प १६२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक वीरगन्ज महानगरपालिका– ३२, चोर्नी निवासी दीपेन्द्र श्रीवास्तव घाइते भएका हुन्।

घाइते श्रीवास्तवको नारायणी अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले जानकारी दिए। उनका अनुसार ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो।

चिनी र तेल लोड गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई घटनाबारे जानकारी दिएपछि पुगेको वडा प्रहरी कार्यालय श्रीपुरका वरिष्ठ प्रहरी नायब निरीक्षक (सइ) धीरेन्द्र थपलिया नेतृत्वको प्रहरी टोली पुगेका थिए।

Leave a comment