काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणबारे फेसबुकमा आफुले दिएको धारणा हटाएका छन् ।
मन्त्रीहरूको सम्पत्ति कल्पना गरिएभन्दा धेरै देखिएको भन्दै टिप्पणी हुन थालेपछि त्यसको जवाफ दिँदै उनले आफू सरकारमा आउनुअघि कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको टिप्पणी गरेका थिए ।
उनको त्यो अभिव्यक्तिको पनि चर्को आलोचना भइरहेको छ । त्यसको आलोचना बढेपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट त्यो पोस्ट हटाएका छन् ।
