राजनीतिसमाचार

तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन सुरू

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्तिको स्रोतबारे अनुसन्धान सुरु गरिएको छ।

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित निकायको सिफारिसपछि प्रहरीले औपचारिक रूपमा छानबिन अघि बढाएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूको चल–अचल सम्पत्ति तथा आयस्रोतबारे अध्ययन गरिरहेको बताइएको छ। सोही क्रममा पूर्वमन्त्री दीपक खड्कालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको हो।

भदौ २४ को घटनापछि केही स्थानमा जलेको अवस्थामा नगद फेला परेको विषयलाई समेत अनुसन्धानको आधार बनाइएको छ। यससँग सम्बन्धित संरचना र प्रमाण सुरक्षित राख्न प्रशासनले केही स्थानमा निर्माण तथा भत्काउने काम रोक लगाएको जनाएको छ।

प्रहरीका अनुसार सम्पूर्ण पक्षको विस्तृत जाँचपछि मात्र थप निष्कर्ष सार्वजनिक गरिनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button