हामीमाथि असत्य र कुप्रचारबाट प्रहार भयो : अध्यक्ष ओली

84

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमाथि असत्य र कुप्रचारबाट प्रहार भएको बताएका छन् ।

आज एमालेबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूसँगको छलफलमा अध्यक्ष ओलीले एमालेको सभ्य शैलीले कुप्रचारको मुकाबिला गर्न नसकेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘हामी नराम्रो काम गरेर पछाडि पारिएका होइनौँ, हामीमाथि असत्य र कुप्रचारबाट प्रहार भयो। हाम्रो सभ्य शैलीले त्यसको मुकाबिला गर्न सकेन,’।

अध्यक्ष ओलीले निर्वाचन प्रक्रिया र परिणामबारे विस्तृत टिप्पणी गर्ने बेला नभए पनि अहिलेको नतिजा स्वभाविक नभएको स्पष्ट पारे ।

Leave a comment