राजनीतिसमाचार

वीरगंज १० घडिअर्वामा सय जना युवा एमाले प्रवेश, रिमा यादवलाई जिताउन गरे प्रतिबद्धता

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज,१४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १० घडिअर्वामा बिहीबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

एमाले वडा कमिटी घडिअर्वाद्वारा आयोजित कार्यक्रममा सय जना भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेको एमालेका पिन्टु उपाध्यायले जानकारी दिए। नवप्रवेशीहरूलाई एमालेका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं. २ का इन्चार्ज विजय सरावगी सहितका नेताहरूले अविरको टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सरावगीले युवाहरूको प्रवेशले वीरगञ्ज–१० मा एमाले झन् बलियो बनेको बताए। उनले आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. २ की जेनेरेशन–जी र युवा उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउन सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरे। साथै, उनले एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गर्न अपिल गरे।

एमाले वडा नं. १० का अध्यक्ष मुकेश पटेलको अध्यक्षता तथा सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले वीरगञ्ज महानगर कमिटीका पूर्व अध्यक्ष नवराज शर्मा, नेता अजय गुप्ता लगायतले मन्तव्य राख्दै यसपटकको निर्वाचनमा एमालेको जित आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा एमालेमा प्रवेश गर्ने युवाहरूले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button