खेलकुदसमाचार

जय ट्रफी : पुलिसविरुद्ध भीम सार्कीको शतक, आर्मीलाई झिनो अग्रता

काठमाडौं । आजदेखि सुरु भएको जय ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिन भीम सार्कीको शतकमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध झिनो अग्रता बनाएको छ ।

 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५३.३ ओभरमा १५३–८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि राशिद खानले सर्वाधिक ३८ रन बनाए भने कप्तान आरिफ शेख ३६ रनमा अविजित रहँदा ओपनर कुशल भुर्तेलले ३० रन बनाए । दिलसाद अलीले २७ रन बनाए ।

 

आर्मीका लागि पवन कार्कीले ४ विकेट लिए । आकाश चन्द, शाहब आलम, नरेन साउद र बसिर अहमदले १–१ विकेट लिए ।

 

त्यसपछि आर्मीले दोस्रो इनिङमा ९ विकेट गुमाएर २३४ रन बनाउँदै ४७ रनको अग्रताका साथ इनिङ घोषणा गरेको थियो । आर्मीका भीम सार्कीले ११३ बलमा १०५ रन बनाएर अविजित रहे । पवन कार्कीले ३७ तथा नरेन साउदले ३१ रन बनाए ।

 

पुलिसका लागि सागर ढकालले ६ विकेट लिए । ललित राजवंशीले २ तथा कुशल भुर्तेलले १ विकेट लिए । जवाफमा ४७ रनले पछाडि रहेको अवस्थाबाट दोस्रो इनिङ सुरु गरेको पुलिसले पहिलो दिनको समाप्तिमा १ विकेट गुमाएर २३ रन बनाएको छ । कुशल भुर्तेल १२ र शंकर राना ७ रनमा खेलिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button